समाचार

दाङमा फैलिएको झाडापखला नियन्त्रणमा

शान्तिनगर (दाङ) शान्तिनगर गाउँपालिकाको दुई वडामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ । हिजो दिनभर १ सय ५९ बिरामी मात्रै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताउनु भयो । बिरामीको संख्या घटदै गएको उहाँले जानकारी दिनु भयो ।

बिरामी घटदै गएपछि शिविरमा खट्ने स्वास्थ्यकर्मीको टोली पनि घटाइएको बताउनु भएको छ । प्रदूषित मुहानको पानी प्रयोगमा रोक लगाई शुद्ध पानी वितरण गरिएको छ । यस्तै पानी शुद्धीकरणका औषधिहरू प्रयोगपछि बिरामीको संख्या घटदै गएको उहाँले जानकारी दिनु भयो ।

अहिले मुहान र पाइपलाइन शुद्धीकरण भइरहेको छ । अझै पाइपलाइन प्रयोगयोग्य नभएको र शुद्धीकरणपछि मात्रै मुहानको पानी वितरण गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *