heading first समाचार

सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारी अस्पतालमा बिरामीलाई पर्याप्त हुने गरी आफ्नै सुलभ औषधि पसल सञ्चालन गर्न आदेश दिएको हो ।

वीर अस्पतालले निजी औषधि पसललाई सटर भाडामा दिँदा सर्वसाधारणले चर्को मूल्यमा औषधि खरिद गर्नुपरेको भन्दै अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले निवेदन दर्ता गर्नु भएको थियो । सर्वोच्चले वीरलगायतका सरकारी अस्पतालमा व्यक्तिलाई औषधि पसल गर्न भाडामा सटर दिनु स्वास्थ्य नीतिविपरीत भएको ठहर गरेको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *