खेलकुद

विश्वकप फुटबलमा आज चार खेल हुने

मस्को । विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम चरणका लिग खेल हुन लागेका हुन् । समूह एफ मा मेक्सिको, जर्मनी र स्विडेन अर्को चरणमा उक्लिने होडमा छन् ।

आज बेलुकी पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेन भिड्नेछन् । दुई खेलबाट ६ अंक जोडेको मेक्सिकोलाई स्विडेन विरुद्धको खेल बराबरी गरे पुग्नेछ । उता ३ अंक जोडेको स्विडेनलाई भने यो खेल जित्नैपर्ने दबाब छ ।

समूहमा एक जित र एक हारका साथ ३ अंक जोडेको जर्मनीलाई पनि आजको खेल जित्नुपर्ने दबाब छ । दक्षिण कोरियासँग बराबरीमा रोकिएको अवस्थामा भने जर्मनीलाई राउण्ड अफ सिक्सटिनमा पुग्न अर्को खेलमा स्विडेन हार्नैपर्ने हुन्छ ।

विश्वकप फुटबलको समुह ‘ई’ मा आज ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टा रिका भिड्नेछन् । यो समुहमा ब्राजिल र स्विटजरल्याण्डको ४-४ अंक छ भने सर्वियाको ३ अंक छ ।

अर्को चरणमा उक्लिन ब्राजिललाई यो खेल कम्तिमा बराबरी गर्नुपर्नेछ भने सर्वियालाई जित्नैपर्ने दबाब छ । उता, स्विट्जरल्यान्डले पनि कोष्टा रिका विरुद्धको खेल बराबरी गरेको खण्डमा ऊ राउन्ड अफ सिक्सटिनमा छनौट हुने छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *