heading first समाचार

‘१ सय ५ वर्षपछि मात्र यति लामो चन्द्रग्रहण हेर्न पाइन्छ’

जयन्त आचार्य, खगोलविद्
जयन्त आचार्य खगोलविद् हुन् । उनका पिता साम्भराज आचार्य पनि खगोलविद् हुन् । जयन्तले बाल्मीकि विद्यापीठमा प्राध्यापन गरेको डेढ दशक भइसक्यो । विज्ञान र संस्कृत दुवै विधा अध्ययन गरेका जयन्त प्राध्यापनसँगै खगोलिय अध्ययन अनुसन्धानमा निरन्तर छन् । आज राति १२ बजेर ९ मिनेटमा लाग्ने चन्द्रग्रहणबारे खगोलविद् जयन्तसँग जनता मिडिया नेटवर्कले गरेको कुराकानी-

० आज लाग्ने भनिएको पूर्ण खग्रास चन्द्रग्रहण शताब्दीकै लामो हो ?
– अबको सय वर्षपछि मात्र यत्ति लामो चन्द्र ग्रहण लाग्ने भएकाले यसलाई शताब्दीकै लामो चन्द्रग्रहण भनिएको हो । यत्ति लामो चन्द्रग्रहण गर्न अब सय वर्ष कुर्नुपर्ने छ ।

० यसको ज्योतिषीय महत्वले के अर्थ राख्छ ?
– जुन नक्षेत्रमा ग्रहण लाग्दछ, त्यो नक्षेत्रसँग सम्बन्धित राशी भएका मानिसले हेर्न नहुने भनेर विभिन्न राशीहरुको शुभ र अशुभ फल बताइन्छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने सूर्य, चन्द्रमा र पृथ्वीको गतिस्थिति र दूरी निर्धारण गर्न यस्तो ग्रहणको प्रयोग गरिन्थ्यो । महान वैज्ञानिक आइनस्टाइनले पनि प्रकाशसम्बन्धी नियमलाई पुष्टि गर्नका निम्ति सूर्यग्रहणका बेलालाई प्रयोग गरेका थिए । त्यसैले धार्मिक र वैज्ञानिक दृष्टिकोणबाट यो ग्रहणले महत्वपूर्ण अर्थ राख्छ ।

० नेपालबाट यो ग्रहण स्पष्ट देख्न सकिन्छ ?
– नेपालबाट यो ग्रहण प्रष्टरुपमा देख्न सकिन्छ, राति १२ बजेर ९ मिनेटबाट सुरु भएर ४ बजेर ४ मिनेटमा सकिन्छ । लगभग ४ घन्टा ग्रहण लाग्छ । यस अवधिमा हामीले जुनसुकै बेला हेरियो भने चन्द्रमा छायाले छेकिएको हामीले देख्न सक्छौं । त्यसको नजिकै एउटा तारा देखिन्छ, त्यो मंगल ग्रह हो । जो मंगल ग्रह चिन्न चाहन्छन् उनीहरुका लागि यो सुवर्ण अवसर हो ।

० मंगलग्रह छेकिदैन ?
– छेकिदैन, मंगल ग्रह चिन्नका लागि एउटा रिर्पेन्स मात्र भनेको हुँ ।

० योभन्दा यति लामो ग्रहण लागेको थिएन ?
– धेरै अगाडि लागेका थिए, तर विगत १०–१२ वर्षयता सबैभन्दा लामो ग्रहण हो । यसपछि आउने चन्द्रग्रहण १ सय ५ वर्षपछि मात्र हेर्न पाइन्छ । अर्थात्, यति लामो ग्रहण सन् २१२३ मा मात्र देख्न सकिन्छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *