पूर्वाधार समाचार

शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने

नुवाकोट : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिनुभएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित भूकम्पपीडितले निर्माण गरेको निजी निवास ‘घर सम्पन्न प्रमाणपत्र’ प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा पुनःनिर्माणलाई तीव्र बनाउन एक हजार १९६ जना इञ्जिनियर पठाउन लागेको जानकारी दिनुभयो । “भूकम्पले क्षति […]

खेलकुद

एसियन खेलका लागि ४६२ वटा इभेन्ट सञ्चालन गरिने

काठमाडौँ: नेपाल ओलम्पिक कमिटीले सन् २०१८ मा नेपालमा हुने एसियन खेलका लागि समग्रमा ४६२ वटा इभेन्ट सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विभिन्न ४० खेलका लागि ती इभेन्ट देशका विभिन्न स्थानमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने […]

खेलकुद

एभरेष्ट प्रिमियर लिग पुस ३ गतेबाट सञ्चालन हुने

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक भएको छ । खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स […]

heading first

उच्च अदालतका ८० न्यायाधीशविरुद्ध मुद्दाको सुनुवाइ मंसिर २८ तोकियो

काठमाडौँः सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा मंसिर २८ गतेलाई तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा यही मंसिर २८ गते बिहीबारका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो । गत वर्ष पुस २९ गते […]

समाचार

बम विष्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख राहत

दाङ: दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिनुभएको हो । बीमावापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु […]

समाचार

मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित

काठमाडौँ :राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक […]

समाचार

दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं: निर्वाचन आयोगले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनु भएको हो । आज काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक संजाल विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै […]

समाचार

ब्राजिल–नेपाल संसदीय समूह गठन

काठमाडौँः ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ब्राजिलको संसद्ले ६ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ । अन्तरसंसदीय सहयोग प्रवद्र्धनका साथै दुई मुलुकका संसद्बीच भ्रमण आदानप्रदान, सांस्कृतिक प्रवद्र्धन कार्यंशाला आयोजना र सामाजिक एवं भाषिक सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ बिहीबार समूह गठन भएको ब्राजिलियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाल–ब्राजिल […]

heading first राजनीति

मकवानपुरमा थापा र दाहाल, खतिवडा र उपाध्यायबीच कडा प्रतिस्पर्धा

मकवानपुरः आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । चुनावी माहोल बढेसँगै वि.सं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा होमिएका हुन् । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका […]

खेलकुद

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँः दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफ्नो […]