heading first अर्थ र उद्यम

एकै दिन अर्ब बढीको शेयर सूचीकृत

काठमाडौं । धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीको एक करोड ७० लाख तीन हजार ८३ कित्ता शेयर सूचीकृत भएको छ । ती शेयरको मूल्य रु एक अर्ब ७० करोड बराबरको रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सिटिजन बैँक इन्टरनेशनलको चार लाख ६३ हजार ८२६ कित्ता शेयर थप सार्वजनिक निस्काशन, सूर्य लाइफ इन्स्योरेन्सको २८ लाख ८७ […]

heading first समाचार

घुस लिनेविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भारतबाट व्यापारिक प्रयोजनका लागि आयात भएको मालवस्तुको चाँज प्रक्रियामा सहजीकरण गरिदिने भन्दै रु १० हजार घुस लिएको अभियोग लागेको छ । नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले केही दिन पहिले घुस लिँदालिँदै पक्राउ गरेको थियो […]

heading first समाचार

१२ घण्टापछि खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि पुनः सुचारु भएको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतिको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८:३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन […]

heading first राजनीति

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु प-यो, भन्नु […]

heading first समाचार

आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभरी भगवान् श्रीकृष्णको पूजा

काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी […]

heading first समाचार

आज दिनभरि पानी पर्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आज दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । दिउँसो पूर्व, मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी […]

heading first खेलकुद

लिभरपुल र चेल्सी विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लिभरपुल र चेल्सीले लगातार विजयी यात्रा कायम राखेका छन् । गए राति भएका खेलमा लिभरपुल र चेल्सी दुवै जित निकालेका हुन् । अवे मैदानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हरायो । लिभरपुलका लागि सादिओ माने र राबर्टो फिरमिनोले गोल गर्नु भयो । लेस्टर सिटीका लागि […]

heading first समाचार

बलात्कारी पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । गत […]

heading first समाचार

बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता हुनेछ । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त […]

heading first राजनीति

लहडले नेता बनिदैन : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्षले भन्नुभयो, […]