काठमाडौँ: महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजार ६२० अमेरिकन डलरसहित तीनजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले अवैधरुपमा अमेरिकन डलर लिएर हिँडिरहेको अवस्थामा सुनसरीका अमर विश्वकर्मा, पूर्वी रुकुमका धनबहादुर खड्का र काठमाडौँका रवि श्रेष्ठलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अवैध रुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा खानी तथा भूगर्भ […]
समाचार
समाचार
कर्मचारीको दरबन्दी बढाइदिन संङ्घीय सरकार समक्ष प्रस्ताव
बुटवल: प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको कर्मचारी विवरणमा संशोधन माग गर्दै प्रदेश ५ को सरकारले कर्मचारीको दरबन्दी बढाइदिन सङ्घीय सरकारसँग सिफारिश गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका ६ वटै मन्त्रालयमा हाल केन्द्र सरकारले तय गरेको कर्मचारी दरबन्दी अपुग रहेकाले बढाउन माग गर्ने निर्णय गरी सङ्घीय सरकारलाई सिफारिश गरेको भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका […]
नेपाली काङ्ग्रेस विधान संशोधन मस्यौदा समितिको कार्यविधि स्वीकृत
काठमाडौँ: नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधन मस्यौदा समितिको कार्यविधि, २०७५ स्वीकृत गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिको बैठकले सो कार्यविधि पारित गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीका महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा काङ्ग्रेस कार्यसमिति, सङ्घीय संसदीय दल […]
नेपाल र भारतका प्रधानमन्त्रीद्वारा शुक्रवार धर्मशालाको उद्घाटन हुने
काठमाडौं । नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ । विसं २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास मोदीले यही भदौ १५ गते शुक्रबार संयुक्तरुपमा गर्नुहुने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत […]
दुई दिन शैक्षिक संस्था बिदा
काठमाडौं । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न […]
युएस बंगलाको विमान दुर्घटनामा पाइलट नै दोषी
काठमाडौँ । गत मार्चमा नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको यूएस बांगला विमान दुर्घटना चालकको अस्वस्थताका कारण भएको बताइएको छ । युएस बंगलाको विमान दुर्घटनाबारे अध्ययन गर्न नेपाल सरकारद्वारा गठित एक समितिले विमानका पाइलट अबिद सुल्तान मानसिक चिन्ता र तनावमा रहेकाले दुर्घटना भएको दाबी गरेको हो । ढाकाबाट काठमाण्डौसम्मको एक घण्टे यात्राका क्रममा चालक सुल्तानले कयौपटक […]
सप्तकोशी नदीमा बाढी , पाँच सय घर डुबानमा
राजविराज: गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिनुभयो । अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक […]
खुलामञ्च चार दिन बन्द
काठमाडौं । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, […]
वेलकम टु दी कन्ट्री अफ गौतमबुद्ध
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ । उक्त द्वारमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक […]
बिम्स्टेक :परराष्ट्र सचिव स्तरिय बैठक अाज
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चाैथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक अाजदेखि काठमाडौँमा बस्दैछ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिव नेपाल आइपुगेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो । परराष्ट्र सचिवहरुको स्वागतमा […]











