Home विदेस

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी १ सय २ जना विद्रोहीको मृत्यु,४४ जना घाइते

सरकारी सुरक्षा फौजले गरेको पछिल्लो सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १ सय २ जना विद्रोहीको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । मुलुकका विभन्न प्रान्तमा सुरक्षा फौजले चलाएको पछिल्लो २४ घण्टाका कारवाहीमा यो संख्यामा विद्रोहीको हताहति भएको बिबिसीले जनाएको छ । सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीले लडाकुको साथबाट केही हतियार तथा विस्फोटक पदार्थहरु समेत […]

समाचार

यमपञ्चकको चौथो दिन,गोवद्र्धन पर्वतको पूजा गरी मनाइँदै

यमपञ्चकको चौथो दिन आज गाई, गोरु र गोवद्र्धन पर्वतको पूजा आजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका […]

Home

चुनावका लागि मतदान केन्द्र कायम भयाे : समानुपातिक तर्फको मतपत्र छपाईको काम अन्तिम चरणमा

निवार्चन आयोगले आगामी मंसिरमा हुने निर्वाचनको लागि मतदान केन्द्र तोकेको छ । आयोगका अनुसार आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ मतदान केन्द्र कायम गर्ने निर्णय भएको हो । प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले २०७४ असोज १७ गते मतदाता नामावलीको अन्तिमरूप दिइसकेको बताउँदै २०७४ भदौ […]

Home समाचार

आज यमपन्चकको तेस्रो दिन,धनधान्यकी देवी लक्ष्मीको पूजा

नबिन लुइँटेल, यमपन्चकको तेस्रो दिन आज साँझपख दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिो चलन छ । साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ […]

समाचार

गैरआवासीय नेपाली संघ (NRNA)को अध्यक्षमा भवन भट्ट विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुन भएको छ। काठमाडौँमा जारी आठौँ  विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो। भट्टले एक हजार एक सय ७ मत प्राप्त गरी विजयी हुनु भएको र गरुङले भने ५८४ मत प्राप्त गर्नु भएको एनआरएनए निर्वाचन समितिले जनाएको छ। खुला […]

विविद्य

नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु

नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक […]