heading first राजनीति समाचार

प्रवक्ता विश्वकर्मालाई अाज  सर्वोच्च अदालतमा पेश गरिने

काठमाडौँ:  नेपाल प्रहरीले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अाज  सर्वोच्च अदालतमा पेश गर्ने भएकाे छ । सर्वोच्चकाे रिहाइ अादेश लगत्तै नेपाल प्रहरीले प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गर्ने गरेकाे छ । विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि  सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक […]

heading first राजनीति समाचार

प्रकाण्डलाई अाज अदालतमा उपस्थित गराउन अादेश

काठमाडौँ:  सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अाज बिहीबार १० बजे अदालतमा उपस्थित गराउन अादेश दिएकाेछ ।  विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण अाज बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख नारायणप्रसाद पन्थीले […]

heading first समाचार

प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ:  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।  न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले हिजाे विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको हो । विश्वकर्माका तर्फबाट वीरेन्द्र विश्वकर्माले गैरकानूनी रुपमा […]

heading first समाचार

नुरप्रसाद अदालतमा अनुपस्थित

चितवन: गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित हुनुभएन । अदालतले नुरप्रसादलाई हिजाे हाजिर हुन मिति दिएको थियो । चितवन जिल्ला अदालतले साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो । अदालतको आदेशपछि नुरप्रसादको गोरखास्थित घरमा रितपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले जानकारी […]

heading first समाचार

मुलुकी ऐन कार्यान्वयन गर्ने तयारीमा सर्वोच्च अदालत

काठमाडौँ: सर्वोच्च अदालतले आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी अपराध (संहिता) र मूलुकी देवानी (संहिता) ऐन कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएको छ ।  आगामी भदौ १ गतेदेखि मुलुकी देवानी, मुलुकी अपराध संहिता ऐनसहित मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन कार्यान्वयनमा आउँदै छन् […]

heading first समाचार

कृष्णप्रसाद हत्यामा संलग्न अदालतमा उपस्थित,  कारागार चलान

काठमाडौँ:  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल   अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनमा मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादको हत्या भएको थियो । हत्याको दोषी पौडेल ठहर भएका थिए । आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग […]

heading first

उच्च अदालतका ८० न्यायाधीशविरुद्ध मुद्दाको सुनुवाइ मंसिर २८ तोकियो

काठमाडौँः सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा मंसिर २८ गतेलाई तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा यही मंसिर २८ गते बिहीबारका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो । गत वर्ष पुस २९ गते […]