heading first समाचार

पाेखरा महानगरका कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा

पोखरा:  पोखरा लेखनाथ महानगपालिकाले कर्मचारी सुविधाका लागि  बस सेवा सञ्चालन गरेको छ ।  महानगर तथा अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय अवतजावतका लागि सजिलो होस् भनेर बस सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिनुभयो । बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्ने बताउँदै उहाँले कर्मचारी कार्यालय आउने समयको नियमितता, एक रुपताका […]

heading first समाचार

बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते

चितवन :भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।  काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको […]

heading first अर्थ र उद्यम समाचार

गोँगबुदेखि सिनामंगलसम्म ठूला बस चल्ने

काठमाडौँ: असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ ।  सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो ।  बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, […]

heading first समाचार

प्युठानमा रात्री बस दुर्घटना, ५ जनाको मृत्यु

प्युठान : प्युठानमा रात्री बस पल्टिँदा ५ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । घाइते ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु पायक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

heading first समाचार

बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

बैतडी:बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।  बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न […]

heading first समाचार

यात्रुवाहक बसमा बम प्रहार ,कैलालीमा विस्फोट

दाङ: काठमाडौंबाट दाङको तुलसीपुर जादै गरेको यात्रुवाहक बसमा बम प्रहार भएकाे छ । मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा अाज बम प्रहार भएको हाे । कपिलवस्तुको ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने ठाउँमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् ।बम प्रहारबाट गाडीमा आगो सल्किँदै गरेको […]

heading first समाचार

तीर्थयात्री बोकेको बस दुर्घटना, सात जना घाइते

   पर्वत:  पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।  काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडाँै महानगरपालिका–१६ […]

heading first समाचार

ट्रकले दुई बसलाई ठक्कर दिँदा १३ घाइते

चितवन:  काठमाडौँबाट प्यूठान र वीरगञ्ज जादै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट अाउदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान  दुर्घटना भएको हो । काठमाडौँबाट प्यूठान जान आउँदै गरेको ना […]

heading first समाचार

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो, २२ घाइते

चितवन: चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । मृतकको अझै सनाखत हुन नसकेको बताइएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपक श्रेष्ठले बताउनुभयो । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस आज विहान करिब सवाँ ९ बजे […]