ललितपुर: रातो मच्छिन्द्रनाथको रथलाई तानेर लगनखेल पु¥याइएको छ । हिजो सुन्धाराबाट तानेर ठैनामा रथलाई अड्याइएको थियो । सुन्धाराको जात्रा सकाएर अष्ठमीका दिन लगनखेलका लागि रथ हिँडाउने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । कुनै वर्षमा रथ लगनखेल नै पु¥याइन्छ भने कुनै वर्षमा बीचमा अड्याइन्छ । लगनखेलमा रथ पु¥याएपछि रथलाई मच्छिन्द्रनाथको आमाको मन्दिर घुमाइन्छ । […]


